
बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिका ३ बढ्डालाका क्यान्सर पीडित काले ल्वारलाई आर्थिक सहयोग गरिएको छ । लामो समयदेखि क्यान्सर जस्तो जटिल रोगबाट ग्रसित ल्वारको उपचारका लागि आर्थिक सहयोग भएको हो ।
जिल्लाको बडीमालिका नगरपालिका ५ मना र ६ कोर्ध घर भई हाल रोजगारीका लागि भारतमा रहेकाहरुले क्यान्सर पीडित ल्वारको उपचारमा केही राहत होस् भन्ने उदेश्यका साथ आर्थिक संकलन गरेर सहयोग गरिएको कमल मिजारले बताए । क्यान्सर पीडित ल्वारको उपचारका लागि भारतमा गोरख ल्वारको नेतृत्वमा बडीमालिका र त्रिवेणीका घर भएका व्यक्तिहरुबाट आर्थिक संकलन गरिएको थियो । उनीहरुबाट संकलित १४ हजार ११७ रुपैयाँ क्यान्सर पीडित ल्वारलाई हस्तान्तरण गरिएको बताए ।
क्यान्सर रोगबाट ग्रसित ल्वारको हाल भारतको दिल्लीमा उपचार भइरहेको छ । त्यस्तै उनको उपचारका लागि अहिले पनि सहयोग संकलन भइरहेकोले सबैलाई सहयोगका लागि अनुरोध समेत गरिएको छ ।
