सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्ट एमालेमा प्रवेश

कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्ट एमालेमा प्रवेश

  • सोमवार, फाल्गुन ११, २०८२
कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्ट एमालेमा प्रवेश

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक विष्टले काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् । आइतबार बैतडीको पुर्चौडीमा एमालेले आयोजना गरेको चुनावी सभामा कांग्रेस प्रदेश कमिटी सदस्य विष्टलाई स्वागत गरेको हो ।

विधि पद्धति बाहिर गएर महादिवेशन गरी देउवालाई गलत्याएको भन्दै विष्टले पार्टी परित्याग गरेको बताएका छन् । ‘जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवाको शीघ्र स्वास्थ्य लाभको कामनासम्म भन्न सकेनन् कसैले, अहिले विधि पद्धति बाहिर गएर नयाँ कांग्रेस बनाएका छन्, त्यो मलाई मन परेन,’ विष्टले भने ।

बैतडीमा एमालेक तर्फबाट उम्मेदवार बनेका दमोदर भण्डारीलाई जिताउन आफू लागिपर्ने उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार