आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • नेपाली सेनाको स्काइ ट्रकबाट डोल्पा पुर्‍याइयो निर्वाचन सामग्री

नेपाली सेनाको स्काइ ट्रकबाट डोल्पा पुर्‍याइयो निर्वाचन सामग्री

  • आइतवार, फाल्गुन १०, २०८२
नेपाली सेनाको स्काइ ट्रकबाट डोल्पा पुर्‍याइयो निर्वाचन सामग्री

 यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ । आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । नेपाली सेनाको स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत रावतले जानकारी दिए । मतपेटिका भने जिल्लामै मौज्दात रहेको उनले बताए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् । जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार