शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुराका मतदातामा छैन निर्वाचनको उत्साह

बाजुराका मतदातामा छैन निर्वाचनको उत्साह

  • शनिबार, फाल्गुन ९, २०८२
बाजुराका मतदातामा छैन निर्वाचनको उत्साह

टेक बहादुर बुढा—फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन थोरै बाँकी भएपनि बाजुराका मतदातामा कुनै उत्साह छैन् । निर्वाचन मिति नजिकिएसँगै सरकारको तयारी र राजनीतिक दलहरुको चुनावी अभियान समेत तीव्र बनेको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा आगामी निर्वाचनका लागि एक स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन दुई साता बाँकी रहँदा यहाँका राजनीतिक दल र उम्मेदवारहरु आफ्‌ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेर ती एजेण्डाहरुलाई मतदातामाझ सुनाउँदै चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । तर यहाँका मतदाताहरुमा भने विगतका निर्वाचन जस्तो उत्साह देखिएको छैन् । पछिल्ला निर्वाचनमा मतदातालाई नेताहरुको आश्वासनले तानेको छैन ।

राजनीतिक दलहरूले दशकाै‍ देखिका निर्वाचनमा ठुलाठूला सपना देखाए तर मतदाताका ससाना सपना पूरा नभएको स्थानिय लक्ष्मण बुढाले बताए । हरेक निर्वाचनमा उम्मेदवारले घरआँगनका बाटाघाटा निर्माण, लाखौंलाई रोजगारी, विकासका पूर्वाधार निर्माण, देशलाई विकसित बनाउने जस्ता आश्वासन दिँदै आएका छन्‌ । पहिलेका आश्वासन पूरा नगर्दै फेरी अहिले भोट माग्न घरदैलोमा पुग्ने नेताहरु तथा निर्वाचनप्रति नै मतदाताहरु उत्साहित नभएको नागरिक समाजका अगुवा दयाराम पण्डीतले बताएका छन् ।

अहिले गाउँमा निकै कम मान्छे मात्रै छन् । जिल्लाका अधिकांश गाउँघरमा पुग्दा वृद्धवृद्धा र बालबालिका बाहेक अरु कमै देखिन्छन् । बाँकी कोही परिवार पाल्न रोजगारीका लागि बाह्य मुलुकमा छन् त कोही व्यापार व्यवसाय र पढाईका शिलसिलामा गाउँ बाहिर रहेका छन् । विगतका निर्वाचनमा जस्तो यो निर्वाचनमा गाउँघरमा चहलपहल र मतदाताहरुमा खासै उत्साह नदेखिएको खप्तड छेडेदहका स्थानीय शेरबहादुर रावतले बताए । धेरैसजो बाहिर छन्, गाउँमा भएकाहरु पनि आफ्‌नै कामकाजमा व्यस्त रहेको उनले बताए । उनले भने, “अहिले नेताहरु थुप्रै आश्वासन देखाएर भोट माग्न गाउँमा पुग्छन्, हामी सम्मानसहित स्वागत गर्छौ, पहिलेका आश्वासन पूरा भएन्, पटकपटक उम्मेदवार फेरिए तर हाम्रो अवस्था उस्तै छ ।” गाउँमा अहिलेसम्म सहज सडक पहुँच, स्वास्थ्य सेवा र रोजगारीको अवस्था छैन् तर नेताहरु फेरी भोट माग्दै आउने गरेको बताए । त्यसैले उनीहरु जति आए पनि जनताका जीवनस्तर फेरिने र जिल्लाको विकासको अवस्था सुध्रिनेमा विश्वस्त छैनन् ।

बाजुराको त्रिवेणी नगरपालिका ५ किम्नी अहिलेसम्म सडकको पहुँच नपुगेको वडा हो । पटकपटकका निर्वाचनमा धेरै उम्मेदवारहरु सडक पुगाउँछु भन्दै भोट माग्न पुगे तर अहिलेसम्म सडक नपुगेपछि यतिखेर त्यहाँका मतदाताहरुमा निर्वाचनप्रति त्यति चासो छैन् भने उम्मेदवारहरुप्रति समेत आक्रोशित देखिन्छन् । किम्नीमा पटकपटक नेताहरु भोट माग्न पुगे, विकास गर्छौ, याँहा सडक पुगाउँछौ भन्ने आश्वासन दिए तर जनताको गाडी चढ्ने सपना अधुरै रह्यो, अझै सडकको पहुँच नपुगेको स्थानिय तुली बुढाले बताइन् । अहिले त्याँहाका मतदाताहरु ‘कसलाई भोट हालेर के हुन्छ ? केही हुँदैन,’ प्रश्नको जवाफ आफैं दिन थालेका छन्।

विगतका चुनावमा देखाएको सपनाले अहिलेको चुनावमा उत्साहको साटो झन् उनीहरुलाई आक्रोशित बनाएको छ । चुनावमा धेरै आश्वसन दिएर भोट माग्ने तर जितेर गइसकेको जनताका समस्या समाधान र विकासमा गम्भिर नहुने गरेको उनीहरुको बुझाई छ, त्यसले पनि आगामी निर्वाचनमा मतदाताहरुमा त्यति उत्साह देखिदैन् ।

बाजुरामा आगामी फागुन २१ को निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । त्यस्तै जिल्लाभर ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार