शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाज
  • एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ

  • शनिबार, फाल्गुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ

नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे हाे ।

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भन्दै उनी पक्राउ परेका हुन् । थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

चर्चामा

सम्बन्धित समाचार