शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • राजनीति
  • सलोरा मञ्च दार्चुलाका समानुपातिक उम्मेदवार ठगुन्ना भोट माग्दै बाजरा पुगे

सलोरा मञ्च दार्चुलाका समानुपातिक उम्मेदवार ठगुन्ना भोट माग्दै बाजरा पुगे

  • शुक्रबार, फाल्गुन ८, २०८२
सलोरा मञ्च दार्चुलाका समानुपातिक उम्मेदवार ठगुन्ना भोट माग्दै बाजरा पुगे

बाजुरा—संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दार्चुलाबाट समानुपातिक उम्मेदवार बनेका रघुवीर ठगुन्ना भोट माग्दै बाजुरा जिल्लामा पुगेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सलोरा मञ्चबाट समानुपातिक उम्मेदवार ठगुन्ना आफ्‌ना चुनावी एजेण्डा सुनाउँदै भोट माग्न शुक्रवार बाजुरा मार्तडीमा पुगेका हुन् ।
उनले संघीय सह–अस्तित्व र पहिचानसहितको राज्य संरचनालाई बलियो बनाउने उद्देश्यसहित तयार गरिएको साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएका छन्। घोषणापत्रमार्फत उम्मेदवार ठगुन्नाले आगामी निर्वाचनमा खुकुरी चुनाव चिन्हमा समानुपातिक तथा प्रत्यक्षतर्फ अमूल्य मत प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।
त्यस्तै घोषणापत्रमा नेपालको राजनीतिक समस्याको मूल कारण गलत राज्य संरचना, असन्तुलित शासन प्रणाली र केन्द्रित शक्ति रहेको उल्लेख गरिएको छ। संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नुपर्नेमा जोड दिइएको छ ।
घोषणापत्रअनुसार देशलाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक वास्तविकतामा आधारित समावेशी राष्ट्रको रूपमा पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। आदिवासी/जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, खस–आर्यलगायत सबै समुदायको समान राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
राज्यका स्रोत र साधनमाथि सीमित वर्गको कब्जा अन्त्य गरी समान वितरणको नीति अपनाउनुपर्ने, प्रशासनिक खर्च घटाई विकासमा बजेट बढाउनुपर्ने घोषणापत्रमा उल्लेख छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ।
घोषणापत्रमा पहिचानका आधारमा प्रदेश र स्थानीय तहको पुनर्संरचना, भाषिक तथा सांस्कृतिक अधिकारको संवैधानिक प्रत्याभूति, ऐतिहासिक विभेदको अन्त्य र सामाजिक न्याय कायम गर्ने स्पष्ट एजेन्डा समेटिएको छ।
नेतृत्व परिवर्तन मात्र नभई प्रणाली परिवर्तन आवश्यक रहेको ठहर गर्दै घोषणापत्रले वैकल्पिक राजनीतिक धारलाई समर्थन गर्न मतदातासँग आग्रह गरेको छ। “अब सहेर बस्ने समय सकिएको छ, परिवर्तनका लागि मत प्रयोग गरौँ” भन्ने सन्देशसहित घोषणापत्र सार्वजनिक गरिएको उम्मेदवार ठगुन्नाले बताएका छन् ।
No description available.

चर्चामा

सम्बन्धित समाचार