शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए १६ सयभन्दा बढी जनशक्ति

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए १६ सयभन्दा बढी जनशक्ति

  • शुक्रबार, फाल्गुन ८, २०८२
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए १६ सयभन्दा बढी जनशक्ति
फाइल

काठमाडौँ — सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६ सयभन्दा बढी जनशक्ति जिल्लामा खटिएका छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् । रासस

चर्चामा

सम्बन्धित समाचार