सोमवार, फाल्गुन ४, २०८२
  • होमपेज
  • समाचार
  • चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

  • सोमवार, फाल्गुन ४, २०८२
चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यही फागुन ५ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ।  पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइन अन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको जनाएको छ।

पर्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार स्थापनाको मागसमेत राख्दै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात व्यवसायी, व्यापारी, शिक्षण संस्था, बुद्धिजीवी र सञ्चार क्षेत्रलगायत सबै पक्षसँग सहयोग र समर्थनको अपिल गरिएको छ।

पार्टीले फागुन ५ गते देशभर बन्द आह्वान गरिएको स्पष्ट पार्दै उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउन जनसहभागिता आवश्यक रहेको उल्लेख गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जारी गरेको सूचनाअनुसार बन्दका क्रममा शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार