
बाजुरा– बाजुरामा २०८२ माघ महिनाभर ४ वटा सवारी दुर्घटना भएका छन् । एक महिनाको अवधिमा जिल्लामा ४ वटा सवारी दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै माघ महिनामै जिल्लामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै सोही महिना जिल्ला प्रहरी कार्यालयले ४ सय ४१ जना प्रहरी जनशक्ति खटिएर एक सय ३२ वटा समुदाय तथा विद्यालय केन्द्रीत सचेतनामूलक सम्पन्न गरेको जनाएको छ ।
