सोमवार, फाल्गुन ४, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • जिल्ला प्रशासनको निर्देशनपछि बाजुरामा २६ थान हातहतियार बुझाए

जिल्ला प्रशासनको निर्देशनपछि बाजुरामा २६ थान हातहतियार बुझाए

  • सोमवार, फाल्गुन ४, २०८२
जिल्ला प्रशासनको निर्देशनपछि बाजुरामा २६ थान हातहतियार बुझाए

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि बाजुराका स्थानियले २६ थान हातहतियार तथा खरखजनाहरु बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हालसम्म २६ थान हातहतियार बुझाएको बताएका छन् । तोकिएको समयभित्र प्रहरी कार्यालय तथा प्रशासनमा जिल्ला भरबाट घरेलू २६ थान हातहतियार बुझाएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ पुस २९ गते सार्वजनिक सूचना जारी गर्दै आगामी निर्वाचन लक्षित जिल्लाभित्र ईजाजत प्राप्त गरेका वा नगरी व्यक्तिगत रुपमा राखेका हातहतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको थियो । त्यस्तै प्रशासनले तोकिएको समयभित्र बुझाउन नसकेकाले अहिले पनि त्यस्ता हातहतियार नजिकको प्रहरी कार्यालय वा प्रशासनमा बुझाउन सकिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार