
पश्चिमको बतासले झन ठूला भारी बोकायो,
थियो गनतव्य कता आवारा सवारी बोकायो।
उत्पादननै नभएको देशमापनि आए सौदागर,
खरानी पारेर बिक्रीगर्न देश व्यापारी बोकायो।
स्वास्थ थियो समाज खान्की थियो दही दुध,
गए नेताहरू उता विदेशीले बिमारी बोकायो।
जुन सरकार आएपनि पाएन देशले निकास,
असमान संधि सम्झौता देश नितारी बोकायो।
अतिथि देवोभवो भन्दै आएकाहरू सबैलाई,
खोला बोकायो काठ, ढुङ्गा ओसारी बोकायो।
