
सपनाहरू आँखा मै बिलाई जान्छन्,
कयौँ रातहरू उस्तै न निदाई जान्छन्।
हुरी चल्छ र तुफान चल्छ यो हियामा,
छल्किए आँसु निदिया जगाई जान्छन्।
कालो बादल हो वा आगोकै धुवाँ मनमा,
तिम्रो मुस्कानले अंध्यारो हटाई जान्छन्।
हेरन त्यो विसाल जीवनधारा उस्तै गयो,
बदलिएका अनुहार अब रमाई जान्छन्।
कसैले लुटेका हुन्छन् यो देशको सम्पती,
कसैले दुनियाबाट खाइ न खाई जान्छन्।
तिमि उठेपछि उठ्छन् विद्रोहका लावा,
त्योवेला दुष्टहरूले गरेर भरपाई जान्छन्।
