• होमपेज
  • बाजुरा बिशेष
  • गौरब विष्ट ‘ समर्पण ‘का केही गजलहरु

गौरब विष्ट ‘ समर्पण ‘का केही गजलहरु

  • मङ्लबार, माघ २८, २०८२
गौरब विष्ट ‘ समर्पण ‘का केही गजलहरु

शिक्षा दिया, रोजगार दिया घर बाईजान्या हुन्
तमीले तीँ केई नदिया शहर बाईजान्या हुन्

भिर, पाखा, लेक, अैाल गरि पाल्याका छाेरा छाेरि
बुढा बाआमालाई छाडि अर्काकाई भर, बाईजान्या हुन्

हाम्बा बा आमाले यसै हरी दिन काटीहेल्यो
अझ उकला ओराला हर्दाई सफर बाईजान्या हुन्

हामिकी केई भन्दाइन कुडा लुकाउँदा हेरी राख्या
ओल्ला कान पल्ला कान खबर बाईजान्या हुन्

आजकाई जसाे सधैं हाेलापन कसरी साेच्नु,
आफू नजिकै हुन्या माइस पन पर बाईजान्या हुन्

तमि आफुलाई छाड्यो भनी झर्काे क्यान मान्दा,
जान्या मान्छे ज्या गर्दा छाै गर बाईजान्या हुन्

 

चर्चामा

सम्बन्धित समाचार