
बाजुरा—बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका क्षेत्र यतिबेला हिउँले सेताम्मे बनेको छ । विगतका बर्षभन्दा यस बर्ष ढिला माघ दोस्रो साता हिमपात भएपछि बडीमालिका मन्दिर आसपासका अग्ला डाँडा, पाटनका सेताम्मे दृश्यले अझ आकर्षक र मनमोहक बनाएको छ ।
बडिमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २०० मिटरसम्मको उचाइमा अवस्थित छ । प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने जनैपूर्णिमा मेलामा यहाँ विशेष भीड लाग्ने गर्दछ ।
तस्वीरहरुः









