• होमपेज
  • सुचना प्रबिधी
  • आज देशभरको मौसम पूर्वानुमान

आज देशभरको मौसम पूर्वानुमान

  • शनिबार, माघ २५, २०८२
आज देशभरको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार