शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • समाचार
  • फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

  • शुक्रबार, माघ २४, २०८२
फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ ।पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो । उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए ।

चर्चामा

सम्बन्धित समाचार