• होमपेज
  • राजनीति
  • कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ

कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ

  • बिहिबार, माघ २३, २०८२
कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ

काठमाडौं— नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले पार्टीले १६५ निर्वाचन क्षेत्रमा नै आफ्नो उम्मेदवार उठाइसकेको बताए।

उनले भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’

उनले अधिनायकवाद मिठो चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे।

चर्चामा

सम्बन्धित समाचार