• होमपेज
  • समाज
  • बाजुराको गुम्बा मतदान केन्द्रमा ७३ जना मतदाता, अधिकांश जिल्ला बाहिर

बाजुराको गुम्बा मतदान केन्द्रमा ७३ जना मतदाता, अधिकांश जिल्ला बाहिर

  • मङ्लबार, माघ २१, २०८२
बाजुराको गुम्बा मतदान केन्द्रमा ७३ जना मतदाता, अधिकांश जिल्ला बाहिर

बाजुरा—बाजुराको हिमाली गाउँपालिका ३ गुम्बा गाउँमा रहेको मतदान केन्द्रमा ७३ जना मतदाता रहेका छन् । ७३ जना मतदाता भएपनि धेरै मतदाता गाउँ छाडेर बेशी तिर झरेको स्थानिय जगत बहादुर लामाले वताएका छन् । धेरै परिवार भेडा, च्याङ्गा सहित मंसिरमा मौसमी बसाइ सर्ने गर्छन् ।

गुम्बा गाउँमा केही बुढापाका र बालवालिका मात्र रहेका छन् । भौगोलिक विकटताले निकै टाढा रहेको यो गाउँमा २०७४ सालमा मतदान केन्द्र स्थापना भएको थियो । त्यो बेला २८ जना मतदाता रहेका थिए । गाउँका धेरै परिवार चिसो छल्न बाजुराको तल्लो भेग, अछाम, डोटि र बझाङ्गमा बसाइ सरेका छन् । केहीले घरमा ताला लगाएर बसाइ सरेका छन्, भने केहीको घरकुरुवा बाहेक कोही नभएको जगतले वताए । हिउँदको समयमा गाउँमा अत्याधिक चिसो हुने भएकाले सधै बर्ष मौसमि बसाइ सर्ने गरेका छन् । वसाइ सरेका चैतको अन्तिम साता मात्र उनीहरु गाउँ फर्कने गरेका छन् ।

गाउँमा बसोबास गर्ने सबै भोटे जनजातिका समुदाय हुन् । यो गाउँमा समुन्द्री सतहबाट करिब २७ सय मिटरको उचाइमा रहेको छ । गुम्बाका २५ परिवार र लाम्पाटा १२ परिवारले यो मतदान गर्नलाई केन्द्र स्थापना भएको थियो । वडामा २ वटा मतदान केन्द्र रहेका छन् । गुम्बा मतदान केन्द्रमा ७३ जना र बौडी मतदान केन्द्रमा ४ सय ७८ जना मतदाता रहेका छन् । गुम्बाबाट बौडी पुग्न मात्र १ दिन लाग्ने गरेको छ ।

गुम्बा गाउँका धेरै मतदाता आगामी फागुन २१ हुने बाजुरा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अधिकांश मतदान बाट बञ्चित हुने भएका छन् । भोटे जनजातिका अधिकांश समुदाय चिसो छल्न बेशी तिर झरेपछि उनिहरु फागुन २१ मा हुने मतदान बाट बञ्चित हुने भोटे जनजाति महासंघका पुर्व अध्यक्ष नृप थापा (भोटे) ले वताएका छन् ।

गुम्बामा अहिले १७ जना मतदाता मात्र रहेका छन् । फागुन २१ मा केही मतदाता आउन सक्ने भएपनि धेरै मतदाता नआउने गरेको स्थानिय छिरिङ्ग धोर्जे लामाले वताएका छन् । गाउँमा बुढापाका मात्र रहेका छौ, बाँकि सबै अछाम डोटि गएको लामाले वताए । बाजुरामा सबै भन्दा कम मतदाता भएको मतदान केन्द्र यहि मतदान केन्द्र रहेको छ ।

गुम्बा गाउँका मात्र नभइ बाजुराको भोटेजनजातिका धेरै मतदाता मतदान बाट बञ्चित हुने गरेका छन् । चिसो छल्न सदरमुकाम मार्तडी पुगेका गुम्बाका लालु कुवर (भोटे) ले भने फागुनमा धेरै चिसो हुन्छ, आफु भोट हाल्न नजाने गरेको वताए । आफु मात्र नभइ श्रीमती समेत नजाने उनले वताए । दुबैजनाको उमेर ७० बर्ष नाघिसकेको छ ।

भोटे जनजाति महासंघका अनुसार बाजुरामा ५ सय बढी परिवार बसोवास गर्ने गरेका छन् । २७ सय बढी मतदाता रहेका छन् । त्यस मध्ये ७ भन्दा बढी मतदानमा सहभागि नहुने नृपले वताएका छन् । बाजुरामा बडिमालिका नगरपालिका ७ ढम्कने, बुढिनन्दा नगरपालिका १,२,३,७,८,९, १० र हिमाली गाउँपालिका २ र ३ मा भोटे जनजाति बस्ने गरेका छन् । उनिहरु हिउँदमा हिमपात हुने भएकाले चिसो छल्न बेसी तिर झर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार