• होमपेज
  • समाज
  • बच्चाको हात आएको ९ घण्टापछि अप्रेशन गरेर बाँचिन बाजुराकी सिटना

बच्चाको हात आएको ९ घण्टापछि अप्रेशन गरेर बाँचिन बाजुराकी सिटना

“बच्चा पेटमै मर्‍यो हजुर, म बल्लतल्ल बाँचे डाक्टर मेरा भगवान् हुन्‌”।

  • आइतवार, माघ १९, २०८२
बच्चाको हात आएको ९ घण्टापछि अप्रेशन गरेर बाँचिन बाजुराकी सिटना

बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ मिगु कि २२ बर्षिय सिटना महतारा (रोकाया) अहिले जिल्ला अस्पताल बाजुराको शै्यामा छिन् । अस्पताल बाजुराका चिकित्सकले पेटबाट बच्चाको हात आएको ९ घण्टा पछि अप्रेशन गरेर सिटनालाई बचाउन सफल भएका छन् । सिटना पनि आफ्‌नो यो दोस्रो जुनि हो, म बाचेको भन्दै भगवान पुकारी रहेकी छन् र डाक्टरलाई धन्यवाद दिइरहेकी छन् ।

गर्भबाट बच्चाको हात बाहिर आएको ९ घण्टापछि अस्पताल बाजुरा पुगिन् । अस्पतालका एमडिजिपी डाक्टर आशिष कार्कीको टिमले सिटनालाई बचाउन सफल भएको छ । बच्चा भने पेटमै मरिसकेको थियो । डाक्टर कार्की बच्चाको हात आएको ९ घण्टासम्म आमा बचाउन सक्नु भनेको बिरलै रहेको बताउँछन् । अस्पताल पुग्दा सम्म आमा सकुशल पुग्नु भयो, हाम्रो टिमले अप्रेशन गरेर बच्चा निकाल्यौ, आमालाइ बचाउन सफल भयौ, अहिले आमा खतरामुक्त रहेको कार्कीले भने ।

चिकित्सकका अनुसार बच्चा भ्रूण अडिएको अवस्थामा (Transverse lie) थियो । हात प्रोल्याप्स भएको र गर्भाशयभित्रै भ्रूणको मृत्यु भइएको अवस्था थियो । बच्चा तेस्रो रहेकाले पहिला हात बाहिर आएर अड्किएको थियो । सिटनाले भनिन्, बिहान ९ बजेतिर व्यथा लागेर घरमै हात आएको वताईन् । स्थानिय मिगु स्वास्थ्य चौकीमा आफन्तले बोकर लगे त्यहाँ हुदैन भनेर कोल्टि अस्पताल रिफर गरेका थिए ।

स्थानियले जेरा गाउँसम्म ३ घण्टा लगाएर बोकेर ल्याए । त्यहाँबाट गाडीमा कोल्टी अस्पताल पुगाए । त्यहाँ पुग्दा ३ बजिसकेको थियो, बिच बाटोसम्म बच्चा पेटमै खेलिरहेको थियो, आमा सिटनाले भनिन् । त्यहाँ अप्रेशन गर्ने चिकित्सक नहुँदा अस्पतालले जिल्ला अस्पताल बाजुरा रिफर गरेको थियो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने कोल्टी अस्पतालमा उहाँ पुगेको थाहा पायौ, तत्काल हेलिकप्टरबाट उद्धार गर्न खोजेका थियौ, तर साँझ परिसकेकाले अस्पताल बाजुरा ल्याइएको बताए ।

बच्चाको बाटोमै मृत्यु भइसकेको आमाले बताइन् । सिटनाले ९ घण्टा भन्दा बढी समय सम्म निकै पिडा भोग्नु परेको बताइन् । बाच्ने आश नै मरिसकेको थियो, तर बाच्न सफल भएको बताइन् । अस्पताल पुग्दा बच्चा मरिसकेको थियो, अर्को पाठेघर भित्र रक्तस्राव भएको थियो । हामीले पनि उहाँलाइ बचाउन सक्ने निकै आश कम थियो, तर उहाँलाइ बचाउन सफल भएको डा. कार्कीले खुशी हुदै भने ।

चिकित्सका अनुसार यस्तो अवस्थामा महिलाको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ । त्यो सँगै पाठेघर फुटनु, अत्याधिक रक्तस्राव हुनु, अन्य संक्रमण हुने, रगत जम्ने प्रणाली बिग्रने जस्ता जटिल हुने गरेको छ । सिटनाको यो दोस्रो सन्तान हो । गाउँमा स्वास्थ्यको पहुँच, दक्ष जनशक्ति तथा सामग्रीको अभावले धेरै आमाले यस्तै पिडा भोग्नु परेको छ । सिटनाका ससुरा धन महताराले भने बुहारी बचाउन सफल भयौ, तर यस्तै समस्या भएकी भाइबुहारीको केही बर्ष पहिला मृत्यु भएको बताए । भाइबुहारी शिुबु महतारा बच्चा पाएको केही समयमै मृत्यु भएको बताए । बच्चा घरमै जन्माइन्, धेरै रगत बग्यो स्वास्थ्य संस्था नपुगाउदै भाइ बुहारीको मृत्यु भएको बताए । शिबुको बच्चा भने अहिले जिवितै रहेको छ ।

गर्भवती हुँदा नियमित गर्भजाँच हुन नसक्नु तथा दुर्गममा भिडियो एक्सरेको पहुँच नहुँदा धेरै आमाको ज्यान जोखिम हुने गरेको छ । सिटना एउटा उदाहरण हुन धेरै आमाले यस्तो समस्या भोग्दै आएको अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन् । भौगोलिक विकटताले सुविधा सम्पन्न स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार