
बाजुरा—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलोपटक बाजुराको सदरमुकाम मार्तडीमा पुगेका छन् । उनी बिहीवार बझाङबाट खप्तड छेडेदह गाउँपालिका हुदैँ सदरमुकाम मार्तडी पुगेका हुन् ।
रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुन मार्तडी पुगेका शाह पाँच मिनेट नपुग्दै फर्किएका छन् । मार्तडी बजारमा नेता शाहलाई हेर्न सयौंको संख्यामा अत्याधिक भीड लागेपछि नेता तथा शुभचिन्तकहरुसँग भेटघाट तथा नबोलेरै फर्किएका हुन् । उनले बाजुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हेमराज थापाको सचिवालयमा घण्टी बजाउँदै अछाम र डोटीको कार्यक्रममा सहभागी हुन फर्किएका छन् ।
पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् । त्यस्तै बिहीवार बझाङ हुदुैँ बाजुरा आएका नेता शाहले आफ्नो फेसबुक पेजबाट लेख्दै बडीमालिका माताले सबैकी आशिष दिउन् भन्ने प्रतिक्रिया समेत दिएका थिए ।
