• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा फेरि बर्षासँगै हिमपात, जनजीवन प्रभावित

बाजुरामा फेरि बर्षासँगै हिमपात, जनजीवन प्रभावित

  • बुधबार, माघ १५, २०८२
बाजुरामा फेरि बर्षासँगै हिमपात, जनजीवन प्रभावित

बाजुरा—बाजुरामा फेरि बर्षासँगै भारी हिमपात भएको छ । जिल्लाका विभिन्न उच्च लेकाली क्षेत्रमा मंगलबार रातिदेखि नै बर्षासँगै हिमपात सुरु भएको हो ।

सदरमुकाम मार्तडी सहित जिल्लाका ९ वटंै स्थानीय तहका उच्च स्थानमा भारी हिमपात भएको स्थानीयहरुले बताएका छन् । जिल्लामा हिमपात भएसँगै अत्याधिक चिसो बढेको छ भने याँहाको दैनिक जनजीवन समेत प्रभावित भएको छ ।

भारी हिमपातका कारण जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड बुधबार बिहानभर बन्द भएको यातायात व्यवसायीहरुले बताएका छन् । त्यस्तै यस बर्षको दोस्रो पटक भएको वर्षा र हिमपातले हिउँदे बाली उत्पादनमा फाइदा पुग्ने भन्दै किसानहरुले भने राहत महसुस गरेका छन् ।
May be an image of road and mountain

May be an image of fog, mountain and text that says 'B'

May be an image of ski slope and text

May be an image of tree and text that says '歐 b'

चर्चामा

सम्बन्धित समाचार