• होमपेज
  • बाजुरा बिशेष
  • तीन महिनापछि बाजुरामा सहायक सिडिओ पुडासैनी हाजिर

तीन महिनापछि बाजुरामा सहायक सिडिओ पुडासैनी हाजिर

  • मङ्लबार, माघ १४, २०८२
तीन महिनापछि बाजुरामा सहायक सिडिओ पुडासैनी हाजिर

बाजुरा—बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण पुडासैनी हाजिर भएका छन् । २०८२ पुष २९ गतेको गृह मन्त्रालयको निर्णयअनुसार जिल्लाको सहायक सिडिओमा पुडासैनी हाजिर भएका हुन् ।

जिल्लामा करिब तीन महिनासम्म सहायक सिडिओ विहीन भएको अवस्थामा मंगलवार सहायक सिडीओ पुडासैनी जिल्ला प्रशासन कार्यालय बाजुरामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

यसअघि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शीतल रावलको २०८२ कार्तिक १६ गते सरुवा भएपछि जिल्ला सहायक सिडिओ विहीन बनेको थियो ।

चर्चामा

सम्बन्धित समाचार