• होमपेज
  • समाचार
  • आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

  • मङ्लबार, माघ १४, २०८२
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ । फागुन २१ को चुनावमा हुने उम्मेदवारको खर्चसहितको अनुगमन गर्न अधिकृत तोकिएको हो ।

‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’ आयोगले भनेको छ, ‘कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च, लेखा राखे-नराखेको, सम्पत्ति विवरण पेस गरे-नगरेको, निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरेरनगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ ।’

आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई ती अधिकारीले स्पष्टीकरण सोध्न सक्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार