
धनगढी— रास्वपाका वरिष्ठ नेता बालेन शाह मङ्गलवार कैलाली आउने भएका छन्। रास्वपाको चुनावी कार्यक्रममा भाग लिन शाह कैलाली आउने भएका हुन्। रास्वपा नेता जसुदेवी भट्टका अनुसार बालेन मङ्गलवार नेपालगन्ज हुँदै बिहान ७ बजे लम्की पुग्नेछन्।
लम्कीमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन्। मङ्गलवारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहने रास्वपाका एक नेताले बताए।
शाह कैलाली जिल्लामा हुने पार्टीका कार्यक्रममा सरिक हुने र पहाडी जिल्लाहरूमा समेत पुग्ने कार्यक्रम तय भएको तर ठ्याक्कै समयसारणी तय नभएको रास्वपा नेताले बताए। बालेननिकट स्रोतका अनुसार भोलि कैलाली पुगेपछि उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् ।
