• होमपेज
  • समाचार
  • राष्ट्रिय सभा : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रिय सभा : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

  • आइतवार, माघ १२, २०८२
राष्ट्रिय सभा : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।

यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् । २२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए । कांग्रेसका प्रकाश देउवा, राप्रपाकी खेमादेवी बिष्ट,धनगढीका मेयर गाेपाल हमाल र जाेशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरीया मतदानमा सहभागी भएनन् ।

चर्चामा

सम्बन्धित समाचार