• होमपेज
  • राजनीति
  • सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान जारी

सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान जारी

  • आइतवार, माघ १२, २०८२
सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान जारी

धनगढी— राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेबाट मतदान शुरु भएको छ ।

कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकाले बाँकी १७ पदका लागि सात प्रदेशमै मतदान शुरु भएको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषामा मतदान जारी छ ।

यस्तै, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान भइरहेको छ ।

गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान भइरहेको छ ।

मतदानमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार