• होमपेज
  • सुचना प्रबिधी
  • केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम प्रदेशमा आंशिक बादल

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम प्रदेशमा आंशिक बादल

  • आइतवार, माघ १२, २०८२
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम प्रदेशमा आंशिक बादल

बाजुरा– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । पूर्वी तथा मध्य तराई भूभागका थोरै स्थान बिहानीपख हुस्सु रहनेछ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार