• होमपेज
  • समाज
  • बाजुरामा यस बर्षकै पहिलोपटक हिमपात

बाजुरामा यस बर्षकै पहिलोपटक हिमपात

  • शनिबार, माघ ११, २०८२
बाजुरामा यस बर्षकै पहिलोपटक हिमपात

बाजुरा—बाजुरामा यस बर्षकै पहिलोपटक हिमपात भएको छ । जिल्लामा शुक्रवार रातिदेखि बर्षासहित उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको हो ।

हरेक बर्ष पुष महिनाको सुरुमै हिमपात हुने गरे पनि यस बर्ष भने माघको दोस्रो साताबाट हिमपात भएको छ । जिल्लाका ९ वटै स्थानीय तहका उच्च हिमाली भेगमा शुक्रवार रातिदेखि बर्षा र भारी हिमपात भएको स्थानीयहरुले बताएका छन् । अहिले पनि सो स्थानहरुमा हल्का बर्षासहित हिमपात जारी छ ।

लामो समयसम्म पनि बर्षा र हिमपात नहुदाँ हिउँदे बाली उत्पादनमा कमी आउने भन्दै चिन्तित बनेका किसानहरु भने खुसी भएका छन् । जिल्लामा लामो समयपछि बर्षा र उच्च भेगमा हिमपात सुरु भएपछि याँहाको जनजीवन भने कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बर्षासहित हिमपात भइरहेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार