
बाजुरा– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुराले निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम उम्मेदवारी फिर्ता तथा जाँचबुझपछि अन्तिम नामावली प्रकाशित गरेको हो।
निर्वाचनका लागि उम्मेदवारी दिएका सात दल सहित एक जनाले स्वतन्त्र माघ ६ गते मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुरामा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले ताेकिएकाे समयावधिमा नाम फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशन गरिएकाे मुख्य निर्वाचन अधिकृत संजीव पाेखरेलले बताएका छन् ।
प्रकाशित अन्तिम नामावलीअनुसार बाजुराबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू निर्वाचन मैदानमा देखिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुराले सबै उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालालाई निर्वाचन प्रक्रिया मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ ।
