• होमपेज
  • बाजुरा बिशेष
  • निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै हिमालीले सोध्यो ३ जना कर्मचारीलाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै हिमालीले सोध्यो ३ जना कर्मचारीलाई स्पष्टीकरण

  • बिहिबार, माघ ९, २०८२
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै हिमालीले सोध्यो ३ जना कर्मचारीलाई स्पष्टीकरण

बाजुरा—बाजुराको हिमाली गाउँपालिकाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ३ जना कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ । यहीँ माघ ४ गते राति १२ बजेदेखि सरकारले लागू गरेको निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

गाउँपालिका अन्तर्गतका निकायमा कार्यरत कर्मचारी अ.स.ई जनक मलाल, ल्याव असिष्टेन्ट दिपक भण्डारी र ईलेक्ट्रिसियन राज मलाललाई पत्र जारी भएको मितिले दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाद्धारा हस्ताक्षरित पत्रमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको सामाजिक सञ्जालमार्फत देखिएको भन्दै स्पष्टीकरण सोधेको हो । तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा निर्वाचन आचारसंहिता उल्लंघन एवं निजामती सेवा ऐनले व्यवस्था गरेको अनुशासन पालना अवहेलना अनुसार कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार