• होमपेज
  • राजनीति
  • बाजुरामा उम्मेदवारी दर्तापछि राजतन्त्र र विकासको मुख्य एजेण्डासहित चुनावमा होमियो राप्रपा

बाजुरामा उम्मेदवारी दर्तापछि राजतन्त्र र विकासको मुख्य एजेण्डासहित चुनावमा होमियो राप्रपा

  • बुधबार, माघ ८, २०८२
बाजुरामा उम्मेदवारी दर्तापछि राजतन्त्र र विकासको मुख्य एजेण्डासहित चुनावमा होमियो राप्रपा

बाजुरा—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाजुराले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्तापछि आफ्‌ना मुख्य एजेण्डा बोकेर चुनावमा होमिएको छ । बुधवार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरेर आफ्‌ना एजेण्डाहरु सार्वजनिक गरेर चुनावी गतिविधिहरुलाई तीव्र पारेको हो ।

राप्रपाले बाजुरामा चुनाव लड्न केशर बहादुर शाहीले उम्मेदवारका रुपमा अघि सारेर मंगलबार उम्मेदवारी दर्ता समेत गरेको छ । पार्टीले आयोजनाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार केशर बहादुर शाहीले धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणासहितको राजतन्त्र नै मुख्य एजेण्डा रहेको बताए । उनले बाजुराको विकास र स्वाभिनता, पर्यटन प्रवद्र्धनमा जोड, गरिबी हटाउने, रोजगारी र जडिबुटी, स्याउ खेतीमा जोड, जिल्लाका अधुरा ठुला आयोजना सम्पन्न गर्ने एजेण्डा रहेको बताएका छन् । त्यस्तै शाहीले विद्युतीकरण गर्दै उज्यालो बाजुरा बनाउने, सुशासन, भ्रष्टाचार न्यूनीकरण, जिल्लाको बजेटमा हुने राजनीतिक भागबण्डामा हुने भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य रहेको बताए । त्यस्तै पत्रकार सम्मेलनमा उम्मेदवार शाहीले संघीयताले बाजुराका जनताहरुको जीवन फेरेन, केवल नेता र कार्यकर्ताहरुलाई धनी बनाएको भन्दै अब बाजुराको माटो सुहाउँदो कम खर्चिलो र हाम्रो सांस्कृतिक पहिचान जोगाउने राजतन्त्र सहितको हिन्दु राष्ट्र र केन्द्र स्थानीय तहको शासन व्यवस्थाको मुख्य एजेण्डा राखेको जानकारी दिए ।

त्यस्तै पार्टीका समानुपातिक उम्मेदवार हर्क बहादुर मल्लले हाल देशमा विदेशी हस्तक्षेप भइरहेको भन्दै राजतन्त्र नै उत्तम भएकाले जनताहरु एकजुट भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

राप्रपा बाजुराका अध्यक्ष जित बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य जंग कुमार गिरी, प्रत्यक्ष उम्मेदवार केशर शाही, समानुपातिक हर्क मल्ल, नेता प्रकाश विक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हिमाल शाहीले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार