
बाजुरा—नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा जनक गिरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले सोमवार बाजुराबाट चुनाव लड्न नेता गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत हुन् । यसअघि कांग्रेस जिल्ला कार्य समितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो ।
अहिले पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले बाजुराबाट चुनाव लड्न सहज रुपमा टिकट पाएको जनाएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा रहेका नेता गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।
