• होमपेज
  • राजनीति
  • नरेश रोकायाले टिकट नपाएपछि एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी

नरेश रोकायाले टिकट नपाएपछि एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी

  • आइतवार, माघ ५, २०८२
नरेश रोकायाले टिकट नपाएपछि एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी

बाजुरा—नेकपा एमालेले बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न केन्द्रीय सदस्य तथा युवा नेता नरेश रोकायालाई टिकट नदिएपछि एमाले जिल्ला कमिटीको कार्यालयमा तालाबन्दी गरिएकाे छ। पार्टीले युवा नेता रोकायालाई टिकट नदिएर अर्का केन्द्रीय सदस्य लाल बहादुर थापालाई दिएपछि आइतबार सदरमुकाम स्थित पार्टी कार्यालयमा तालाबन्दी युवाहरुले तालाबन्दी गरेका हुन् ।

उनीहरुले जिल्लाबाट पटकपटक चुनाव लडिसकेका थापालाई फेरी टिकट दिएको भन्दै तीव्र असन्तुष्टि समेत व्यक्त गरेका छन् । एमाले निटक अनेरास्ववियू, युवा संघ नेपालमा आवद्ध रामचन्द्र रोकाया सहितका युवाहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेको जनाएको छ । उनीहरुले आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा गरेको निर्णय पुर्नविचार नगरेसम्म ताला नखोल्ने अडान समेत राखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार