• होमपेज
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशनबाट बाजुराका जनक गिरी केन्द्रीय सदस्यमा चयन

कांग्रेस विशेष महाधिवेशनबाट बाजुराका जनक गिरी केन्द्रीय सदस्यमा चयन

  • बिहिबार, माघ २, २०८२
कांग्रेस विशेष महाधिवेशनबाट बाजुराका जनक गिरी केन्द्रीय सदस्यमा चयन

बाजुरा— नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा बाजुराका जनक गिरी चयन भएका छन् । बुधवार सम्पन्न  विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिमा पूर्वमन्त्री समेत भइसकेका गिरी खुला केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा बाजुराका गिरी सहित १० जना नेता अटाएका छन् । सुदूरपश्चिमबाट सह-महामन्त्रीमा प्रकाश रसाइली स्नेहीसहित १० जना नेता केन्द्रीय कार्यसमितिका छनोट भएका हुन्।

सह-महामन्त्रीमा चयन भएका स्नेही बझाङका नेता हुन भने खुलातर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनकारज गिरी र बझाङका जगत जोशी कांग्रेसको केन्द्रीय सदस्य बनेका छन्। यस्तै,कैलालीबाट चार जना केन्द्रीय सदस्य भएका छन्। सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस-आर्य महिलातर्फ सम्झना खत्री केन्द्रीय सदस्य भएका हुन्। बैतडीका नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य भएका छन्।

चर्चामा

सम्बन्धित समाचार