• होमपेज
  • राजनीति
  • उज्यालो नेपाल पार्टीले बोलायो आकस्मिक पत्रकार सम्मेलन

उज्यालो नेपाल पार्टीले बोलायो आकस्मिक पत्रकार सम्मेलन

  • शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले बोलायो आकस्मिक पत्रकार सम्मेलन

उज्यालो नेपाल पार्टीको आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी सो पार्टीले बैठक बोलाएको छ । बैठकलगत्तै पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागु नभएको उज्यालो नेपालले जनाएको छ ।

पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार