शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • समाचार
  • जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

  • शुक्रबार, पुस २५, २०८२
जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारु की ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार