
बाजुरा— त्रिवेणी नगरपालिकाको अठारौं हिउँदे नगर सभा मंगलबार सम्पन्न भएको छ । पुस ९ गतेबाट सुरु भएको हिउँदे नगर सभा मंगलबार सकिएको नगरपालिकाले जनाएको छ । हिउँदे नगरसभामा नगर प्रमुख कर्ण बहादुर थापाले पेश गरेका ऐनहरु माथिको दफाबार छलफलपछि उक्त ऐनहरु पारित गर्दै सभा सम्पन्न भएको नगर सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले जानकारी दिएका छन् ।
उनका अनुसार सभामा सभाध्यक्ष तथा नगर प्रमुख थापाले पेश गरेका ऐन पारित गरिएका छन् । नगरसभाबाट सहकारी सम्बन्धी कानुनको संशोधन तथा एकिकरण गर्न बनेको विधेयक २०८२, जनस्वास्थ्य सेवाको व्यवस्थापन गर्न बनेको विधेयक २०८२, उधोग तथा व्यवसायिक फर्म दर्ता तथा नविकरण गर्ने सम्बन्धमा बनेको विधयक २०८२, स्थानिय जलस्रोत संरक्षण तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक २०८२, संस्था तथा समुहको गठन, दर्ता तथा नियमन गर्ने सम्वन्धमा बनेको विधेयक२०८२ पारित भएका छन् ।
यस्तै वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, आधारभूत र माध्यमिक तहको शिक्षा सम्बन्धी कानुनको एकिकरण र संशोधन गर्न बनेको विधेयक २०८२, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी बनेको विधेयक२०८२, आकस्मिक कोषको व्यवस्थापन गर्न बनेको विधेयक २०८२,आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२, उपभोक्ता हकहित संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक२०८२, प्रशासकीय कार्यविधि नियमित गर्ने सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक२०८२, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि विधेयक२०८२ पनि सभाबाट पारित भएका छन् ।
नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको १८ औं अधिवेशनमा नगर उप प्रमुख कमला जैशी, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनी र नगर सभाका सदस्यहरु सहभागी थिए ।
