
बाजुरा– बाजुराकाे मार्तडी काेल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानिया हेलिकप्टर चढेर बनभाेज खान पुगे। नेपालमा जे चटक गर्छन्, नेताहरूले गर्छन्’ भन्ने भाष्य त्यसै बनेको होइन बिकास निर्माणका काम अलपत्र पारेर मुख्य मन्त्री बनेका बानिया बिहीबार चर्चाकाे पात्र बनेका छन। विपद्मा राहत पुर्याउनदेखि विवाहमा सरिक हुन नेता, मन्त्रीहरू हेलिकप्टर चढेर पुगेका समाचार कति आए कति ।

अब यसलाई पनि माथ खुवाउने गरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ देखिएका छन् । बिहीबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुन उनी हेटौंडाबाट हेलिकप्टर चढेर पुगेका छन् । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा वनभोज कार्यक्रमा आयोजना गरेका थिए ।
वनभोज कार्यक्रममा सरिक हुनकै लागि उनी हेलिकप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मधेस शीतलहरले कष्टकर बनिरहेको बेला आफ्नो पार्टीले आयोजना गरेको वनभोजमा सहभागी हुनकै लागि हेलिकप्टर प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरेकोप्रति स्थानीयवासीले प्रश्न उठाएका छन् ।
आर्थिक बर्ष ०६७।०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी असारमा सम्झौता भएपनि काम भने सुुरु भएको थियो । निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ बर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन बर्षमा काम नसकेपछि कार्यालयले फेरि १ पटक म्याद थप गरेको थियो । म्याद थप गरेपनि यो आर्थिक बर्ष भने पैसा भएपनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पुर्वाधार कार्यलय अछामले जनाएकाे छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानियले बताएका छन् ।
मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुबर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कने सम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बिनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथि सम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथि देखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
