• होमपेज
  • समाज
  • दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • आइतवार, पुस ६, २०८२
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी— दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जिपमा सवार जोशी दुर्घटना भएपछि सोही जिपले च्यापिएको अवस्थामा भेटिएका थिए ।

उनको उद्धार गरेर उपचारका लागि मार्मा आधारभूत स्वास्थ चौकीमा पुगाइएको थियोे । उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी जोराले बताए ।

चालक मार्मा गाउँपालिका–६ सेरी बस्ने २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनियन्त्रित भएर जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार