
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ । २०८२ मंसिर २६ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार भोलि विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति बोकेको प्रमुख स्थानीय पर्व भुवाको अवसरमा सार्वजनिक विदा दिएको जानकारी दिए । उनका अनुसार भोलि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्था लगायतका सरकारी कार्यालयहरु बन्द हुने छन् ।

