
बाजुरा—नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य जंग विक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बडीमालिका ७ घर भएका नेता विक सोमवार जिल्ला सदरमुकाम मार्तडीमा पार्टीको एकता सन्देश सभामा एमाले परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन् ।
नेकपामा प्रवेश गरेका नेता विकले बाटो फरक भए पनि गन्तव्य एउटै भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–“ अनेरास्ववियुबाट आरम्भ गरि नेकपा (एमाले) का विभिन्न कमिटी मा रहेर काम गर्ने क्रममा साथ, सहयोग र समर्थन गर्नुहुने अग्रज नेतृत्व, समर्थक र सुवेच्छुक प्रति हार्दिक धन्यवाद सहित हिजोको मितिबाट मेरो जिवनको करिव १९ बर्ष सक्रिय राजनीतिक जीवन बिताएको पार्टी परित्याग गरेको छु ।”
त्यस्तै उनले पार्टी परित्याग गर्दा मेरा सबैप्रति क्षमा माग्दै बाटो फरक होला गन्तव्य एउटै हो कम्युनिस्ट पार्टीमा रहेर देश र जनताको पक्षमा दृढताका साथ लागिरहने प्रतिबद्धता सहित नेकपामा लाग्न पनि सबैलाई आव्हान गरेका छन् ।
एमाले छाडेर नेकपामा प्रवेश गरेका नेता विक सहित कार्यर्ताहरुलाई डा.भीम रावल, भानुभक्त जैशी, प्रकाश शाह, दिर्घ सोडारी लगायतका नेताहरुले फूलमाला सहित स्वागत गरेका थिए ।

