आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने

एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने

  • आइतवार, मंसिर २९, २०८२
एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने

काठमाडौं— नेकपा एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले यस्तो प्रस्ताव पेश गरेका हुन् ।

उनका अनुसार भौगोलिक क्षेत्रका रूपमा कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहेनछन् ।

यस्तै मधेशमा पनि ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहेनछन् ।

बागमतीमा ४० वर्षमुनिको १ सहित खुला ६ महिला ३ र गण्डकीमा पनि सोही अनुसार हुनेछ ।

यस्तै कर्णालीमा ४० वर्षको १ युवाहसित खुला ६ महिला ३ र राजधानी प्रदेश कमिटी ४० वर्षमुनिको १ युवासहित खुला ६ र महिला ३ जना रहने प्रस्ताव गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार