शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • क्रिकेट
  • लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेता

लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेता

  • शनिबार, मंसिर २८, २०८२
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेता

काठमाडौं— लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो ।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।

लुम्बिनीका ओपनार दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार रगेपछि लुम्बिनीले २७ रन जोडेको थियो ।

दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।

पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेम्नत धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो ।

सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो ।

लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङुस ध्वस्त बनेको थियो ।

सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे ।

चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे ।

कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए ।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार