• होमपेज
  • राजनीति
  • जनता हामीसँग छन, बाजुराबाट चुनाव जित्छौ— रास्वपा नेता गिरी

जनता हामीसँग छन, बाजुराबाट चुनाव जित्छौ— रास्वपा नेता गिरी

  • शुक्रबार, मंसिर २७, २०८२
जनता हामीसँग छन, बाजुराबाट चुनाव जित्छौ— रास्वपा नेता गिरी

बाजुरा—राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राज बहादुर गिरीले बाजुराबाट चुनाव जित्ने दावि गरेका छन् । शुक्रवार सदरमुकाम मार्तडीमा जिल्ला समितिको पार्टी कार्यालय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रम उनले यस्तो बताएका हुन् ।

नेता गिरीले आफू लामो समयदेखि एमालेमा रहेर पार्टी निर्माणमा लागे पनि केही व्यक्तिले गरेका गलत क्रियाकलापका कारण देश यो अवस्थामा आइपुगेको भन्दै जेनजीको माग सम्बोधन गर्न र देशलाई समृद्धि बनाउन रास्वपामा आएको बताए । एमालेमा रहँदा थुप्रै अवसर लिएर अहिले पार्टी छाडेको हो भन्ने पत्रकारको प्रश्नमा नेता गिरीले योजना आयोगमा गएको १५ दिनमै पद गएको भन्दै राज्यको एक पैसा खाएको छ भने त्यसको प्रमाण देखाउन पनि चुनौति दिएका छन् । त्यस्तै उनले भने, “अहिले स्वफूर्त रुपमा युवा शक्ति सहित जनताहरु हामीसँग छन्, हेर्दै जानु होला हामी बाजुराबाट चुनाव जित्छौं ।” आज मात्रै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला समितिबाट प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका नेता गिरीले अथाह सम्भावना भएको बाजुरा जिल्ला ७७ औं स्थानबाट तल झार्ने गरी काम गर्ने पनि दावि गरे ।
बाजुरामा लामो समयदेखि नेकपा एमालेमा रहेको नेता गिरी यहीँ मंसिर ४ गते रास्वपा प्रवेश गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार