बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा सातौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

त्रिवेणीमा सातौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • बिहिबार, मंसिर २६, २०८२
त्रिवेणीमा सातौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकामा सातौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । बिहीवार एक औपचारिक कार्यक्रमका विच “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका प्रतियोगिता सुरु भएको हो ।

सातौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड नगरपालिकाको वडा नम्बर ७ स्थित कैलाशेश्वरी माध्यमिक विद्यालय दम्फामा सुरु भएको वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा नगरभित्रका ११ वटा विद्यालय सहभागी छन् भने शिल्ड ३ दिन अर्थात २७ गतेसम्म सञ्चालन हुने छ ।

उक्त रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधाका खेल खेलाइने जनाएको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खडक ऐडीको अधयक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापा रहेका थिए । त्यस्तै नगर उपप्रमुख कमला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रअ, शिक्षक लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार