सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • क्रिकेट
  • सुदूरपश्चिमका क्रिस लिन र जाेस ब्राउन एनपीएलकाे प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

सुदूरपश्चिमका क्रिस लिन र जाेस ब्राउन एनपीएलकाे प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

  • सोमवार, मंसिर २३, २०८२
सुदूरपश्चिमका क्रिस लिन र जाेस ब्राउन एनपीएलकाे प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

काठमाडाैं– सुदूरपश्चिम राेयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जाेस ब्राउनले एनपीएलकाे प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएकाे राेयल्सले जनाएकाे छ ।

राेयल्सकाे छैटाैं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले बिराटनगर विरूद्ध समूह चरणकाे अन्तिम म्याच खेल्न सकेनन् । चाेटकै कारण उनी प्लेअफबाट बाहिरिएकाे राेयल्सले जनाएकाे छ ।

जाेस ब्राउन भने बिग ब्यासका लागि गएकाे हुन् । यी दुवै ब्याटरकाे अनुपस्थितिले सुदूरपश्चिमकाे टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार