शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • समस्याका बिचमा उच्च हिमाली भेगमा वालविकास केन्द्र सञ्चालन 

समस्याका बिचमा उच्च हिमाली भेगमा वालविकास केन्द्र सञ्चालन 

  • मङ्लबार, मंसिर ३, २०८२
समस्याका बिचमा उच्च हिमाली भेगमा वालविकास केन्द्र सञ्चालन 
बाजुरा– बाजुराको हिमाली गाउँपालिका ३ मा रहेको लाम्पाटा वालविकास केन्द्र अभाव र समस्याका बिचमा सञ्चालनमा रहेको छ । जिल्लाको सबैभन्दा उच्च भागमा रहेको यो वालविकास केन्द्र भौतिक पुर्वाधार, शैक्षिक सामाग्रि लगायत समस्या झेलिरहेको वडा सदस्य पेमा गाराप गुरुङ्गले वताएका छन् । यो उच्च भागमा मात्र नभई बाजुराको सदरमुका मार्तडी बाट निकै टाढाको बिद्यालय हो ।
लाम्पाटा वालविकास केन्द्र २९ सय १० मिटर उचाइमा रहेको छ । लाम्पाटा गाउँमा १५ परिवार बसोवास गर्ने गरेका छन् । १५ परिवार सबै भोटे जनजाति रहेका छन् । धेरै परिवार मौसमी बसाइसर्ने भएकाले बालबच्चा सँगै लगेर जाने भएकाले वाल शिक्षामा ७ जना वालवालिका पढिरहेका छन् । पालिकाले गाउँमा ३ बर्ष पहिला वालशिक्षा स्थापना गरेको थियो ।
स्थानिय हिक्मत गुरुङ्गले भने गाउँमा बालशिक्षा स्थापना हुदा बालवालिकालाई पठनपाठनमा निकै सहज भएको छ । तर व्यबस्थापन नहुदा बच्चाहरु चिसोमा बसेर पठनपाठन गर्ने गरेका वताए । कार्पेट, कालोपाटि, शैक्षिक सामाग्रि अभाब रहेको उनले वातए । अर्को आर्थिक अभाब कमजोर भएका वालवालिका रहेका छन्, उनिहरुले झोला, ड्रेस, कापिकलम किन्ने सक्ने अवस्था समेत नभएको स्थानियले वताएका छन् ।
गाउँमा बालशिक्षा स्थापना नहुदा ३ घण्टा टाढा रहेको गुम्बा गाउँमा जानुपर्ने बाध्यता रहेको थियो । बिभिन्न समस्याका बिचमा बालशिक्षा सञ्चालनमा रहेको शिक्षिका कल्पना थापा लामाले वताएकि छन् । पालिका बाट निकै टाढा रहेकाले पनि व्यबस्थापन गर्ने निकै समस्या रहेको कल्पनाले वताएकि छन् ।
बाजुराको सदरमुकाम मार्तडी बाट १ साता लाग्ने गरेको छ, भने हिमाली गाउँपालिकाको कार्यलय धुलाचौर बाट तिन दिन पुग्न लाग्ने गरेको छ । यातायातको पहुँच बाट निकै टाढा रहेकाले यो गाउँ पुग्न पैदल जानुपर्ने रहेको छ । हिउँदको समयमा हिउँ पर्ने र लाम्पाटा गाउँका सबै परिवार चिसो छल्न बेशि झर्ने भएकाले बालविकास केन्द्र बन्द हुने गरेको छ ।
सैपाल हिमालको पुर्वीबेश क्याम्प अर्थात पर्यटकिय स्थल रानिसैन जाने यहि ठाउँ भएर जाने बाटो हो । पालिकाले भने त्यहाँ बालवालिकालाई मध्यनजर गरेर बालशिक्षा स्थापना गरेको वताए । टाढा भएकाले व्यबस्थापन गर्न समस्या रहेको चाडै व्यबस्थापन गर्ने वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार