
काठमाडौँ—बाल लेखक गौरव विष्ट ‘समर्पण’ द्वारा लिखित नयाँ साहित्यिक कृति ‘प्रिय बाम्का’ को पुस्तक विमोचन समारोह कीर्तिपुरस्थित मङ्गल माध्याविक विद्यालय मा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको र कार्यक्रममा पुस्तक विमोचनसँगै लेखकको साहित्यिक यात्राबारे विविध चर्चा विमर्श पनि गरिएको थियो।
समारोहका अतिथिहरूले पुस्तक सार्वजनिक गर्दै लेखकको अभिव्यक्ति शैली, विषय चयन र सरल तर प्रभावकारी लेखनकौशलको प्रशंसा गरे। पुस्तकले परिवार, समाज तथा सम्बन्धहरूमा आधारित आत्मीय कथाहरू समेटेकाले पाठकको मन छुने विश्वास व्यक्त गर्दै उनीहरूले युवा पुस्ताको सिर्जनशीलताको निरन्तर विकास आवश्यक रहेको उल्लेख गरेका छन्
कार्यक्रममा लेखक गौरव विष्ट ‘समर्पण’ ले ‘प्रिय बाम्का’ लेखनको प्रेरणा, पात्रहरूको निर्माण प्रक्रिया तथा पुस्तकले बोकेको भावनात्मक पृष्ठभूमिबारे संक्षेपमा आफ्ना विचार प्रस्तुत गरेका थिए। उनका अनुसार यो कृति जीवनका साना तर महत्वपूर्ण अनुभवहरूको संग्रह हो,
विद्यालयका प्रतिनिधिहरूले साहित्यिक कार्यक्रमले विद्यार्थी तथा समुदायमा सिर्जनशील वातावरण निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार प्रकट गरे। कार्यक्रमको अन्त्यमा सहभागीहरूले लेखकलाई शुभकामना दिँदै पुस्तकको सफल यात्राकामा समर्थन व्यक्त गरे।
