शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मधेस प्रदेश
  • मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

  • सोमवार, कार्तिक २५, २०८२
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

जनकपुरधाम— संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार