शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्टक
  • तोलामा १४ सय रुपैयाँ घट्यो सुन

तोलामा १४ सय रुपैयाँ घट्यो सुन

  • मङ्लबार, कार्तिक १९, २०८२
तोलामा १४ सय रुपैयाँ घट्यो सुन

मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चर्चामा

सम्बन्धित समाचार